चितवन । लामो समयदेखि लागुऔषध कारोबार गर्दै आएका एक युवकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला लक्ष्मिपुर गाविस वडा नम्बर ४ का दिलबहादुर गुरुङ्ग रहेका छन ।
जिल्ला प्रहरी कार्यालय ,चितवनका अनुसार गुरुङ्गले भरतपुर महानगर पालिका वडा नं.६ र १३ का देवनगर,उजेलीनगर,सितामाई, पृथ्वीनगर साईडको जंगल छेउमा विगत लामो समय देखि लागु औषध गाँजा लगायत अन्य लाँगुऔषध जन्य पदार्थ ल्याई वेचविखन तथा सेवन गर्दै आएका थिए । गुरुङ्गलाई मिति बुधबार दिउसो २ बजे लागु औषध गाँजा सहित फेला पारी पक्राउ गरिएको थियो ।
उनलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








