नवलपुर । अबैध लागुऔषधसहित नवलपुरमा चितवनका दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा चितवन रत्ननगरनगरपालिका वडा नम्बर ६ का सिमोन महत्तो र भरतपुर महानगरपालिका वडा नम्बर २ का निरज गुरुङ्ग रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व) का अनुसार आज सांँझ ६ बजे कावासोती नगरपालिका वडा नम्बर ८ फलफुल चोक स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले पश्चिम बाट पूर्व तर्फ आउदैँ गरेको ना ६५ प ९१ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्ने उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट नुफिन – ७० एम्पुल, फेनरागन – ७० एम्पुल र डाईजोपाम – ७० एम्पुल लागुऔषध फेला पारी उक्त लागु औषध र लागु औषध ओसार–पसार गर्न प्रयोग गरिएको ना ६५ प ९१ नम्बरको मोटरसाईकल बरामद गरिएको कार्यालयका सूचना अधिकारी मधुसिंहले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि लागु औषध मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








