हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा पुनः थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा थप गर्दै असार २१ गतेसम्म कायम गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् ।
थप गरिएको निषेधाज्ञामा प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेबाट ४ बजेसम्म खोल्न पाइने भएको छ। थप गरिएको निषेधाज्ञा भने कस्मेटिक पसल र सुनचाँदी पसल पनि जुत्ता चप्पल, फर्निचर पसल सरह मध्यान १२ बजेबाट ४ बजेसम्म खोल्न पाइने भएको छ।अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णय बमोजिमनै कायम गरिएको छ ।
यस्तो छ यसपटक थप गरिएको निषेधाज्ञा:










