सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर-३ मा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते भएका छन् ।
गाउँपालिका वडा नम्बर-३ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा सोही स्थान बस्ने ४२ बर्षीय माइते लामा घाइते भएका छन् । बादर धपाउने क्रममा बन्दुक पड्किँदा बन्दुकको छर्रा लागेर लामा घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।
लामालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी निरीक्षक दासले बताए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।








