चितवन । चितवनमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ की उर्मिला परियार सोही ठाउंँका सविन परियार र सुवास परियार रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बुधबार दिउसो करीब सांँढे ४ बजेको समयमा कालिका नगरपालिका वडा नम्बर १ सुन्दरवस्ती स्थित महेन्द्र सुबेदीको केराबारी नजिक घोलको सुनसान एकान्त खाली ठाउंँमा गाई काटमार गरी मासु भाग लगाउदै गरेको अबस्थामा जिल्ला उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि चितवन जिल्ला अदालतबाट म्याद थपेर इलाका प्रहरी टाँडीबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।








