• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

विकास मात्र भन्दा पनि वातावरणमैत्री विकासमा महानगर अग्रसर छ : रेनु दाहाल

  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा सहिद शारदा श्रेष्ठ (ऋतृ) को स्मृतिमा ३ किलोमिटर सडकलाई सहिद शारदा ऋतु मार्ग नामाकरण गरि उद्धघाटन गरिएको छ । जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाँउको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण सम्पन भएपछि आज उद्धघाटन सहित सडकको दायाँबायाँ दुवै तिर वृक्षारोपण समेत शुभारम्भर गरिएको छ ।

    ५० लाख रुपैयाँ लागतमा पहिलो चरण ६ सय मिटर पक्की पिच भएको सडक १६ मिटरको बाटो कायम गरि ६ मिटर चौडाईमा ६ सय मिटर पक्की पिच गरिएको फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले जानकारी दिए ।

    भरतपुर १५ फुलबारी स्थित फुलवारी गोपालगञ्ज टोल विकास संस्था अन्तर्गत पर्ने सहिद शारदा ऋतु मार्गको एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरेकी छिन् । सो अवसरमा बोल्दै मेयर दाहालले विकासको रफ्तारमा भरतपुरले हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियान सुरू गरिसकेको बताईन् । विकासमा हातेमाले आवश्यक छ, उनले भनिन् जनस्तरबाट आएको योजनालाई प्रथामिकता दिदै भरतपुरको सबै वडामा विकास एउटै रफ्तारमा छ ।

    उनले भुगोलको हिसाबले सबैभन्दा ठुलो क्षेत्रफल भएको वडा नम्बर १५ मा यस आर्थिक बर्षमा १० करोड बजेट विनियोजन गरि विकास निर्माणलाई अगाडी बढाएको जानकारी दिईन् । उनले दिगो विकासका लागि भरतपुरमा हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियानले नयाँ फड्का मार्ने बताईन् । विकास भएर मात्र भन्दा पनि वातावरणमैत्री विकासमा यतिवेला भरतपुर अग्रसर भएको मेयर रेनुको भनाई थियो ।

    भरतपुरमा सबै क्षेत्रको सहयोग सहकार्यकै कारण महानगरको अग्रसरमा ५ सय किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भई नुमना सडक निर्माणमा महानगरले प्रथामिकता दिने काम तीव्र रुपमा अगाडी बढाएको मेयर रेनुले स्पष्ट पारिन् । आफुहरु पक्की मात्र नभई नमुना सडक निर्माण अग्रसर भएको भन्दै सडक निर्माणको गुणस्तरमा चनाखो बन्न जनतालाई आग्रह पनि उनले गरिन् ।

    यस्तै सोही वडाका वडावासी एवंम् कपिलवस्तु डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्कीले विकासलाई वतावरण जोडेर विकास गरे मात्रै त्यो दिगो बन्ने बताए । उनले दिगो विकासमा हरियाली महत्वपूर्ण हुने भन्दै हरेक सडकको दायाँबायाँ वृक्षारोपण अभियान मात्रै नभई संरक्षणमा पनि ध्यान दिन अपिल गरे । यस्तै चितवन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले वातावरणमैत्री सडक निर्माणले केहि बर्षमा भरतपुर हरियाली नमुना भरतपुरको रुपमा समेत पहिचान दिलाउने बताए ।

    फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले भरतपुर महानगरले स्थानिय जनताको मागलाई मध्यनजर गर्दै टोल टोलमा हरियालीसहितको सडक निर्माण कार्यलाई धन्यवाद दिदै थप जनमैत्री कामा ध्यान दिन आग्रह गरे । कार्यक्रममा बाटो समितिका अध्यक्ष केशव अधिकारी, सहिद परिवारका अगुवा अञ्जनकुमार तिमिल्सीना, सहिद शारदाका बुबा नारायण श्रेष्ठ, सिर्जनशील आमा समृहकी अध्यक्ष भगवती अधिकारी, भरतपुर महानगरका सचिवालय सचिव गोपालकृष्ण न्यौपाने लगायतले बोलेका थिए ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.