काठमाडौंं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपुर्ण फैसला भएको भन्दै स्वागत गरेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको ५ दलिय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपुर्ण भएको भन्दै स्वागत गरेको हो ।
फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको बिजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ । बैठक पछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको ।
कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको जानकारी दिए । यस्तै नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलिय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए ।
उनले सरकार निर्माण र संचालन राजनीतिक दलहरुसंग सल्लाह मार्गचित्र अनुसार हुने र फराकिलो ढंगले एकताबद्ध भएर अगाडि बढ्ने विायमा पनि छलफल भएको जानकारी दिए ।








