नवलपुर । देबचुली नगरपालिका वडा नम्बर १२ मा नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य डा. शशाङ्क कोइरालाले प्रदान गरेको सांसद बिकास कोषको रकमबाट पक्की कुलो निर्माण भएको छ । देवचुली नगरपालिका वार्ड नम्बर १२ स्थित कालिका मन्दिरको सिमानासँगैको मुल सडकबाट करिब ८८० मिटर मुक्तिक्षेत्र टोलसम्म पक्की कुलो निर्माण गरिएको हो ।
कोइरालाले सांसद बिकास कोषको रकम रु १० लाख उपलब्ध गरेपछि निर्माण सम्पन्न गर्न सकिएको समितीका अध्यक्ष मधु थापाले जानकारी दिए । सो कुलोको पानीबाट कुल १५० घर किसानहरु लाभान्वित हुने थापाको भनाई छ । गत आर्थिक बर्षमा समेत संसद बिकास कोषबाट देवचुली नगरपालिका वडा नं. १२ को गैंडीको कालोपत्रे गर्नका लागी डा कोइरालाबाट१० लाख नै प्राप्त भएको थियो ।
कोषको रकमसँगै स्थानिय उपभोक्ताहरुको श्रमदान तथा आर्थिक सहभागिता थियो । कुलो निर्माणमा समेत उपभोक्ताको २०% लगानी रहेको अध्यक्ष थापाले जानकारी दिए ।








