चितवन । माछापुच्छ्रे बैंकको टांँडी शाखामा रहेको एटीएम तोडफोड गरी चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन । रत्ननगरनगरपालिका वडा नम्बर २ आर्दशनगरका पुष्प भनिने भरत परियार पक्राउ परेका हुन् ।
जल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गएराती १२ बजेर ३७ मिनेटको समयमा रत्ननगरनगरपालिका वडा नम्बर १ स्थित रहेको माछापुच्छ्रे बैंक टांँडी शाखामा एटीएम बुथ भित्र छिरेर तोडफोड गर्ने क्रममा प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिने क्रममा परियार भागेका थिए ।
सिसीटीभी फुटेजको आधारमा परियारलाई खोज्ने क्रममा आज बिहान ११ बजे रत्नननगरनगरपालिका वडा नम्बर २ एफएम डांँडाबाट पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








