चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमलटांँडीमा एक पुरुषको शब फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले अन्दाजी ३५ बर्षको पुरुषको शब नहरमा आज बिहान भटिएको जानकारी दिए ।
बिहान स्थानीयले प्रहरीलाई खबरगरेपछि अहिले घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको उनले बताए ।
पुरुषको शबको पहिचान हुन सकेको छैन । घटनास्थल वरपर गोलीका खोका समेत देखिएको बताईएको छ ।








