चितवन । नेपाल विद्युत प्रधिकरण चनौली वितरण केन्द्र अन्तर्गत आज विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । यस वितरण केन्द्र अन्तर्गतको चानौली ३३/११ के भी सबस्टेशनका ब्रेकर हरुमा समस्या आएकोले ब्रेकर मर्मतको लागि आज बिहान ८ बजे देखि साँझ ६ बजे सम्म मेघौली र नारायणी फिडर को लाइन पूर्ण र आंशिक रूपमा अवरुद्ध हुने भएको हो ।
नारायणी फिडर अन्तर्गत शारदानगर टाउन, शाही डाँडा, बेलवा, विजयी नगर, छहारी चोक, गढी, मोहनपुर र फुर्तिचोक एरिया । त्यस्तै मेघौली फिडरको चनौलि बजार देखि गोला घाट सम्म भिमनगर देखि ध्रुव बजार सम्म साथै बुद्धिचोक, आमृतचोक, शुक्र्नगर, लेबर नगर, शशी, रातापुर र वायरघारी एरिया अवरुद्ध हुने नेपाल विद्युत प्रधिकरण चनौली वितरण केन्द्रले जनाएको छ ।








