• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेको भ्रमलाई गलत सावित गर्नेछन्ः बानियाँ

  •   मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको देखिएको भ्रमलाई गलत साबित गरेर देखाउने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि टिकाटिप्पणी भईरहेको बारे प्रतिक्रिया दिंदै नेता बानियाँले श्रेष्ठले संघर्ष गर्दै स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सफलता हासिल गरेकाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गरेर अहिलेको हल्लालाई गलत सावित गर्ने बताएका हुन् ।

    नेपाली समाजमा गरिखाने र ठगी खाने बर्ग रहेको बताउँदै बानियाँले श्रेष्ठ गरिखाएको व्यक्ति भएकोले स्वास्थ्य क्षेत्रमा रहेका अहिलेका समस्या समाधान गर्न सक्षम रहेको बताए । उनले नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न श्रेष्ठ लागि पर्ने बताए । अघिल्लो सरकारको पालामा स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार भएको बताउँदै उनले श्रेष्ठको नेतृत्वमा भ्रष्टाचार हुन नदिने दावी गरे । उनले एमाले सरकारमा व्यवसायिक पृष्ठभुमीका रघुविर महासेठ र उनकी पत्नी मन्त्री भएको उदाहरण दिंदै श्रेष्ठको भोजपुरबाट आउँदाको गरिबी र त्यसबाट संघर्ष गर्दै पाएको सफलता नदेख्नेले अहिले अफवाह फैलाएको बताए ।

    श्रेष्ठ पार्टीलाई योगदान र समाजसेवा गर्न आएको सामाजिक राजनीतिक व्यक्ति भएको बताउँदै उनले श्रेष्ठले आफुले केही लिने भन्दा पनि पार्टी र समाजलाई योगदान गर्ने बताए । उनले भारत र अमेरिकामा  पनि व्यवसायिक व्यक्तित्व राजनीतिका विभिन्न पदमा पुगेको उदाहरण दिए । कम्युनिष्ट पार्टीका नेताहरुप्रति इंगित गर्दै उनले हिजो चप्पल लगाउनेहरु कहाँ पुगे त्यसबारे चर्चा किन नभएको भन्दै संचारकर्मीहरुको कटाक्ष गरे । कम्युनिष्टका नेता विना पैसा मन्त्री बन्ने अनि कांग्रेसका नेता मन्त्री बन्दा पैसाको अनावश्यक चर्चा गरेको भन्दै उनले खण्डन गरे ।

    उनले श्रेष्ठ नेतृत्वको स्वास्थ्य मन्त्रालयले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्न सक्ने विश्वासका आधारमा प्रधानमन्त्री देउवाले जिम्मेवारी दिएको बताए । झुपडीबाटै आएको व्यक्ति राज्यको संयन्त्रमा पुगेको बताउँदै अहिले फैलाईएको भ्रम श्रेष्ठ स्वयंले चिर्ने बानियाँको भनाई छ । अहिलेका टिकाटिप्पणीलाई चुनौति दिएर अघि बढ्न श्रेष्ठलाई बानियाँको सुझाव छ ।

    उनले श्रेष्ठ स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्न अघि बढ्नेमा विश्वास समेत व्यक्त गरे । उनले छिटै नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको विवाद समाधान हुने र निकास निस्कने बताए । उनले अव्यवस्थित बसोबासीलाई नेपाली कांग्रेसले नै लालपुर्जा वितरण गरेको स्मरण गराउँदै छिटै लालपुर्जा वितरण हुने बताए । उनले देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख नयाँ नियुक्त गर्ने समेत दावी गरे ।

    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.