हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ८ स्थित कालिका कन्ट्रक्सन नजिकको पोखरीमा डुबेर एक स्थानीय बालकको मृत्यु भएसंगै स्थानीयले कन्ट्रक्सनमा आगजानी गरेका छन् ।
स्थानीय शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएसंगै स्थानीयले नजिक रहेको कन्ट्रक्सनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । स्थानीयले कन्ट्रक्सनले बनाएको पोखरीको कारण बालकको मृत्यु भएको भन्दै गएराति ९ बजे कन्ट्रक्सनको एक बोलेरो सवारीमा आगजानी,जेसिबि र कार्यलय परिसरमा तोडफोड गरेको प्रवक्ता रिमालले बताए ।
उनका अनुसार आगजानी र ताडफोडमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








