हेटौंडा । लागुऔषध गाँजासहित २ जनालाइ आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज (बिहिबार) ६५ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगपालिका वडा नम्बर २० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ६ बस्ने ४३ वर्षीय ललित तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी जयश्वर रिमालले जानकारी दिएका छन् ।
उनका अनुसार गएराति १२ः४० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानी स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो। मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बा ११ च ९५०९ नम्वरको स्कारपियो गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अवस्थामा गाँजा फेला परेको हो ।
उक्त स्कारपियोलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।








