काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।
गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरह“दा देउवाका सारथीका रूपमा ‘कस्ता मन्त्री भित्रिएलान् ?’ भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार परम्परागतभन्दा ‘क्रान्तिकारी र कामयाबी चरित्र’को हुनुपर्ने र यसका लागि देउवालाई काबिल, दक्ष र रातदिन काम (रेडी टु वर्क) गरेर परिणाम निकाल्न सक्ने दक्ष सारथी आवश्यक पर्ने राजनीतिक विश्लेषक एवं प्रशासनविज्ञको सुझाव छ ।
देउवा नेतृत्वको सरकारले लक्ष्य र सफलता हासिल गर्न सारथीका रूपमा आउने मन्त्री इमान्दार, जनउत्तरदायी, विषय विज्ञ र शतप्रतिशत परिणाम दिन सक्षम हुनुपर्नेे विज्ञको जोड छ । १७ मन्त्रालयको जिम्मेवारी आफैंले बहन गर्नुपर्दा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्री देउवा ‘छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी अन्तिम गृहकार्यमा जुटेको’ उनीनिटस्थ बताउ“छन् ।
यद्यपि, उनलाई मन्त्रिपरिषद् विस्तारको सकस भने टरिसकेको छैन । कोभिड संकटले मुलुकको आर्थिक मात्रै नभएर सामाजिक अवस्थासमेत थला परेको छ । संकट अवस्थाबाट देश जोगाउनुपर्ने मुख्य दायित्व देउवा सरकारको काँधमा छ । हाल, प्रधानमन्त्रीसहित चार र एक राज्य गरी ६ मन्त्री छन् । अब १९ मन्त्री आएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । देउवा सरकारको मुख्य चुनौती भनेकै कोभिडसँग जुधिरहेका आमनागरिकलाई समयमै खोप लगाउनु, कोभिड नियन्त्रण र व्यवस्थापन गर्नु हो ।
कोभिडकै कारण थिल्थिलो आर्थिक अवस्था तंग्राउनुपर्ने दायित्व छँदै छ । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग सूची माग गरिसकेको र आफ्नै दल कांग्रेसबाट मन्त्री छनोटका लागि विभिन्न नेतासँग घनीभूत छलफलसमेत थालेका छन् । सम्भवतः केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री र उनको संयन्त्रले मन्त्री छनोट आधार र मापदण्ड भने बनाएको छैन ।
त्यसो त यसअघिका सरकारले पनि त्यस्तो कुनै मापदण्ड र आधार बनाउने गरेका थिएनन् । विज्ञका अनुसार विकसित देशमा स्वास्थ्य, अर्थ, शिक्षा, परराष्ट्रजस्ता मन्त्रालयमा सम्बन्धित विज्ञ नै मन्त्री बनाउने मापदण्ड छ । धेरै देशमा केही महत्वपूर्ण मन्त्रालयमा सम्बन्धित क्षेत्रका विज्ञ नै मन्त्री बनाउने अभ्यास छ । प्रधानमन्त्री देउवाले ऋण गरेरै भए पनि सबै नेपालीलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । साथै, मुलुकको विकास र समृद्धिसँगै हि“डाउनुपर्ने थप चुनौती उनीसामु छ ।
प्रशासनविज्ञ शारदाप्रसाद त्रिताल कोभिड महामारीका कारण मुलुकले ठूलो संकट बेहोरिरहेको अवस्थामा संकट समाधान गर्न पनि विज्ञलाई मन्त्रीका रूपमा ल्याउनुपर्ने आवश्यकता औंल्याउ“छन् । हाल, कोभिड संकट भएकाले विशेषगरी परराष्ट्र, स्वास्थ्य र शिक्षाजस्ता मन्त्रालयमा मन्त्री बनाउ“दा विशेष ध्यान दिनुपर्ने त्रितालको सुझाव छ ।
‘बाह्य देशबाट भ्याक्सिन ल्याउन सक्ने परराष्ट्र र कूटनीतिक क्षेत्र राम्ररी बुझेकालाई परराष्ट्रमन्त्री बनाउनुपर्छ,’ त्रितालले शुक्रबार राजधानीसँग भने, ‘स्वास्थ्य क्षेत्र राम्ररी बुझेको इमानदार व्यक्ति नै स्वास्थ्यमन्त्री बनाइनुपर्छ ।’ नयाँ मन्त्री सुशासन ऐन २०६४ अनुसार चल्न सक्ने, समग्रतामा गतिवान्, जनप्रिय कार्यक्रम ल्याउनसक्ने तथा नीति बजेट परिणाममुखी बनाउन सक्ने गुणयुक्त हुनुपर्ने सुझाव विज्ञको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।








