हेटौंडा । मकवानपुरमा यातायातमा जोर बिजोर प्रणाली पुन:लागु गरिएको छ ।कोरोना संक्रमितमा कमि आएसँग निषेधाज्ञाको स्वरुप परिवर्तन गरी यसअघि हटाइएको बिजोर प्रणाली पुन:कायम गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन ।
आगामी सोमबारबाट जिल्लामा चल्ने सबै खाले सार्वजनिक यातायात तथा निजी सवारीमा जोर बिजोर प्रणाली पुन: कायम भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकले संक्रमित बढेकोले निषेधाज्ञा एकसाता थप्दै सार्वजनिक यातायात सहित सबै खाले यातायातमा जोर विजोर प्रणाली पुन:लागु गरिएको प्रजिअ पाण्डेले प्रष्टखबरलाई जानकारी दिए ।
सार्वजनिक यातायात संचालन गर्ने अवधी भने विहान ६ बजेदेखि साँझ ७ बजेसम्म कायम रहने प्रशासनले जनाएको छ ।








