देवघाट तनहुँ । तनहुँको देवघाट,नेपालकै एक पवित्र स्थल देवघाटधाममा साउने बोलबम मेलामा पुजापाठ र स्नान गर्न आउने तीर्थलु भक्तजनहरुलाइ देवघाट प्रवेश द्वार पुरानो झोलुङ्गे पुलमा हेल्प डेक्स राखी लायन्स क्लब अफ देवघाटद्वारा करिब पाँच सय माक्स वितरण गरेको छ।
सो माक्स वितरण कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागी देवघाट प्रवेश मुख्य नाका पुरानो झोलुङ्गे पुलमा थप सतर्कता अपनाएको र तीर्थलु भक्तजनहरुलाइ अनिवार्य रुपमा सामाजिक दुरि कायम गरि मास्क लगाउन अनुरोध गर्दै माक्स वितरण गर्नुभएको थियो। साथै अध्यक्ष गुरुङले लायन्स क्लब अफ देवघाटलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसै गरि हरेक संघ संस्था संग समन्वय गरि अगाडी बढ्ने समेत बताउनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ देवघाटका अध्यक्ष दधिराम सापकोटाले बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने दायित्व हामी सवैको रहेको बताउनुभयो। साथै आगामी दिनहरुमा पनि सामाजिक सेवाको लागी लायन्स क्लब अफ देवघाटले सकेको सहयोग गर्ने बताउनुभयो।
कार्यक्रममा देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछाने,देवघाट समुदाय प्रहरी साझेदारीका अध्यक्ष होम बहादुर भारती,लायन्स क्लब अफ देवघाटका उपाध्यक्ष बसन्त सापकोटा,लायन्स क्लब अफ देवघाट भानुभक्त न्यौपाने,लायन्स क्लब अफ देवघाट सह-सचीव रामु खराल लगाएतको उपस्थिति रहेको थियो।









