हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–८ का २९ बर्षीय दिलबहादुर बल रहेका छन् ।
सोमबार साँझ मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५ परेवाभिर स्थित भित्री सडकखण्डमा भार्ताबाट मनहरी तर्फ पैदल आउदै गरेको बललाई १५ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बललाई पक्राउ गरिआवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








