काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा स्वेत पत्र प्रस्तुत गरेका छन् ।
मंगलबारको बैठकमा शर्माले मुलुकको अर्थतन्त्रको वर्तमान परिस्थितिबारेको स्वेत पत्र प्रस्तुत गरेका हुन् ।
उनले ७.० प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा सो लक्ष्य पूरा हुन नसक्ने देखिएको बताए ।








