• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

लुम्बिनीमा गठबन्धन सरकार : बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन् ।

    पदभार ग्रहण गरेपछि मुख्यमन्त्री केसीले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक सर्वोच्चता अंगालेर रचनात्मक ढंगले अघि बढ्ने बताए। संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयता कार्यान्वयनसँगै प्रदेशको सर्वोपरी विकासका लागि आफू मुख्यमन्त्री बनेको प्रतिक्रिया उनले दिए। केसी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

    प्रदेश सरकारको बाँकी १६ महिना माओवादी केन्द्र र कांग्रेसले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सुरुको ८ महिना मुख्यमन्त्री केसी र त्यसपछि आफूले सरकारको नेतृत्व गर्ने बताए। गठबन्धनलाई बलियो बनाउन उचित ‘पावर सेयरिङ’ गरिने उनले बताए ।

    मुख्यमन्त्री पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए। गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी पेस गरेको थियो। मुख्यमन्त्री केसीले बिहीबारै सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।

    कांग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी तथा सूर्य चिह्नबाट निर्वाचित स्वतन्त्र सांसद अजय शाही मन्त्री बनेका छन्। चौधरीलाई सहरी तथा ग्रामीण विकास मन्त्रालय, खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, यादवलाई भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। ढेंगा, शर्मा र शाहीलाई विनाविभागीय मन्त्री बनाइएको छ।

    नवनियुक्त मन्त्रीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए। गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ। उसले बाहिरै बसेर सरकारलाई सघाउने बताएको छ । बहुमतको कमजोर धरातलमा मुख्यमन्त्री बनेका केसीसामु चुनौतीका चाङ छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.