• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

एमसीसी संरचना निर्माण गर्न नदिइने

  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौ ।  स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने जनाएको छ ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटे लगायत ननटार महादेवफाँटमा एमसीसीका लागि अधिग्रहण गरिएको ३९८ रोपनी जग्गालाई उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले साउन ३० गते दिनभर प्रदर्शन पश्चात राष्ट्रिय झण्डा गाडेर जनताको नियन्त्रणमा लिएको पनि अभियानले प्रस्ट पारेको छ ।

    अभियानका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त स्थानमा हालसम्म ३ पटकको स्थलगत भ्रमण र अध्ययन तथा स्थानीय जमिन अधिग्रहणमा परेका परिवारहरूसँग बुझिएको पीडाबाट उक्त जग्गा विभिन्न डर, धाक, धम्की र प्रलोभन समेतबाट एमसीसीको परियोजनाका लागि अधिग्रहण गरिएको तथ्यलाई लुकाएर स्थानीयबाट कानुनी प्रक्रिया पु¥याएको देखाई जालझेलबाट हड्पिएको पाइएको छ ।’ सो स्थानमा एमसीसी प्रतिकारका लागि र एमसीसी सम्बन्धी कुनै पनि संरचना निर्माण गरी कार्य गर्न सुरुदेखि नै नदिन तथा गरेमा तत्काल भौतिक रुपमै प्रत्यक्ष प्रतिकार गरी असफल बनाउन ५०१ सदस्यीय एमसीसी प्रतिकार समिति गठन गरिएको पनि अभियानले प्रस्ट पारेको छ ।

    सो समितिले प्रत्यक्ष रुपमा प्रतिकार गरी एमसीसीसम्बन्धी कुनै पनि गतिविधिलाई सो क्षेत्रमा अघि बढ्न नदिने र जबरजस्ती गरेमा सोबाट उत्पन्न हुने सबै प्रकारका क्षतिको जिम्मेवारी जबरजस्ती गर्ने पक्षले नै लिनु पर्ने चेतावनीसमेत अभियानले दिएको छ । एमसीए नेपालले उक्त सन्दर्भमा भ्रम सिर्जना गर्न खोजेको अभियानको आरोप छ । अभियानका अध्यक्ष स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उसले सो जमिन अधिग्रहणसँग एमसीसीको कुनै सम्बन्ध नभएको भनेको छ ।

    तर एमसीसी सम्झौताको दफा ३.२ को (ख) मा एमसीसी लागू गर्न एउटा गठन आदेशद्वारा समिति गठन गर्ने भन्ने उल्लेख छ । सोही व्यवस्था अनुसार एमसीसीलाई चाहिँ नेपालको कानुन मानेर संसदलाई छलेर मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए)गठन गरिएको हो भन्ने सोही दस्तावेजबाट पुष्टि हुन्छ ।’ ​एमसीसी कार्यान्वयन गर्न सरकार र संसदसँग समेत सम्बन्ध नराखी एमसीएलाई प्रयोग गरेर इन्डोअमेरिकन रणनीति लागू गर्ने एमसीएको एमसीसीसँग सम्बन्ध छैन भन्नु अर्को भ्रम रहेको अभियानको ठहर छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘एमसीएले कानुन बमोजिम अधिग्रहण गरेको भनिएको अनुचित प्रभावबाट कब्जा गरेको उक्त लगायत देशभरका सबै जमीनमा एमसीसी सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न र कसैलाई प्रवेश गर्न पूर्ण रुपमा दिइने छैन ।’ एमसीसी कार्यान्वयनका लागि देशभर अधिग्रहण गरिएका सबै स्थानमा भौतिक रुपमै विफल बनाउन आफ्नो ज्यानको बलिदानी दिएर पनि जनताको नियन्त्रणमा लिने चेतावनीसमेत अभियानले दिएको छ । अभियानले एमसीसीलाई विफल बनाउनका लागि समेत सबैमा आह्वान गरेको छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.