हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजना गम्भीर घाईते भएका छन् । आइतबार दिउँसो हेटौंडाबाट चौघडा तर्फ जादै गरेको ना ४ ख ७८३३ नम्बरको बसले विपरित दिशाबाट आएको ना ५३ प ३५१७ मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भिर घाईते छन ।
गम्भीर घाइते हुनेमा हेटौंडा-४ हुप्राचौरका १८ बर्षीय सागर शाह रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।गम्भीर घाइते शाहको हेटौंडा अस्पतालमा उपचार संभव नभएपछि हेटौंडा-११मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
शाहको अझै होस नखुलेको डिएसपी रिमालले बताए। ठक्कर दिन बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।








