• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नारायणी बहुप्राविधिक शिक्षालयद्वारा गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रयास

  •   बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी अन्तर्गत चितवनको भरतपुरमा सञ्चालित नारायणी बहुप्राविधिक शिक्षालयले गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षालय सन्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रक्रिया पूरा गरेर मात्र प्रशिक्षक नियुक्त गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी सो शिक्षालय सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था छ ।

    तर, शिक्षालयका प्रमुख ईश्वरचन्द्र घिमिरेले आफ्नै अध्यक्षतामा बैठक राखेर प्रशिक्षक नियुक्तिको प्रकृया सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आपत्ती जनाएका छन् । ‘शिक्षालय सञ्चालक समितिको अध्यक्ष म हुँ, मलाई कुनै जानकारी नगराई शिक्षालय प्रमुखले प्रशिक्षक नियुक्तिको प्रकृया अघि बढाएको पाएँ,’ प्रजिअ तामाङले भने, ‘प्रक्रिया पूरा गरेरमात्र कर्मचारी नियुक्त गर्न निर्देशन दिएको छु ।’ सो शिक्षालयले नेपाली, अंग्रेजी, गणित, भौतिक शास्त्र र रसायन शास्त्र गरी पाँच विषयका प्रशिक्षक अन्तर्वार्ताबाट छनोट गर्ने भन्दै जम्मा तीन दिनको म्याद राखी यही असोज ७ गते विज्ञापन प्रकाशन गरेको थियो ।

    अन्तर्वार्ताबाट छनौट भएका योग्य तथा वैकल्पिक उम्मेदवारहरुको सूची पनि प्रकाशन गरी सम्झौता गर्न आउन भनिएको छ । तर प्रजिअ तामाङले तीन दिन अघि सूचना निकाल्ने प्रावधान कहीं पनि नभएको भन्दै नियुक्तिको अनुमति दिन नसकिने बताएका छन् । उनले सिटीइभिटीको कुनै नयाँ छुट्टै प्रावधान भए त्यसैअनुसार गरेको प्रमाण पेस गर्न घिमिरेलाई निर्देशन दिंदै उम्मेदवारहरुको सूची फिर्ता पठाइदिएका छन् । कुनै पनि सरकारी संस्थामा सेवा खरिद गर्दा सबैलाई जानकारी हुने गरी कम्तिमा पनि ७ दिनको सूचना दिनुपर्ने व्यवस्था छ ।

    अध्यक्षलाई नै जानकारी नदिइ घिमिरेले आफू अनुकूलका व्यक्तिलाई जागिर खुवाउन छोटो बाटो अपनाएका थिए । शिक्षालय प्रमुख घिमिरेले विद्यार्थीहरुको दवावका कारण चाँडो प्रशिक्षक राख्न तीन दिनको मात्रै सूचना दिएर विज्ञापन गरेको बताए ।सिटीभिटी नेपालका प्रवक्ता विनोद बरालले नेपाल सरकारको नियम नै सिटिइभिटीमा लागु हुने बताउँदै कुनै छुट्टै नयाँ नियम नरहेको जानकारी दिए ।

    नियम अनुसार स्थायी कर्मचारी नियुक्त गर्दा कम्तिमा पनि २१ दिन, सेवा करारमा नियुक्त गर्दा कम्तिममा पनि १५ दिन सूचना निकाल्नुपर्छ । आंशिक रुपमा कर्मचारी नियुक्त गर्दा पनि कम्तिमा पनि ७ दिनको म्याद दिएर सूचना निकाल्नुपर्ने प्रावधान छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.