हेटौंडा। खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका ईन्जिनियर प्रमुख राजेश कुशवाहालाई सि के राउत नेतृत्व दलका कार्यकर्ताले गरेको दुर्व्यवहारको विरोधमा हेटौंडाका ईन्जिनियरहरुले विरोध प्रदर्शन गरेका छन।
शनिबार बिहान हेटौंडाको बुद्धचोकमा ईन्जिनियरहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका हुन ।सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको आयोजनामा मकवानपुरका सरकारी कार्यालयका तथा निजि कन्सल्टेन्सीका ईन्जिनियरहरुको उपस्थितीमा ईन्जिनियर कुशवाहालाई दुव्र्यबहार गरिएकोमा विरोध प्रदर्शन गरिएको हो ।








