सांकेतिक तस्विर
हेटौंडा । मकवानपुर प्रहरीले सवारी ज्यानमुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ बस्ने बर्ष २६ की सृजना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालतको मिति २०७७ मंसिर ३० गतेको फैसलाले सवारी ज्यानमुद्दामा १५ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी श्रेष्ठलाई हेटौंडा-११ बाट पक्राउ गरीएको हो ।
उनलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








