हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग अन्तर्गत भिमफेदी कुलेखानी सडकखण्ड आजबाट ३ दिन ४ घण्टाका लागि बन्द हुने भएको छ ।
बागमती प्रदेश सरकारको लगानीमा फराकिलो पारिएको उक्त सडकखण्डको सडकस्तरोन्नतिको कार्य गर्नुपर्ने भएकोले कात्तिक १३ गतेदेखि १५ गते सम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने जनाइएको छ ।
सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतदेखि चिसापानीगढी सम्म ११ ओटा घुम्तीहरुमा सडकस्तरोन्नतिको कार्य गर्नुपर्ने भएकोले तिन दिन दैनिक दिउँसो ४ घण्टा बन्द हुने बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ।








