हेटौंडा । मकवानपुरका प्रहरी प्रमुख एसपी परिवर्तन भएका छन।
गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रहरी प्रधान कार्यालयले शनिबार निकालेको २२ एसपीको सरुवा सूचीमा मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ भने उनको ठाउँमा एसपी सुरेन्द्र बहादुर गुरुङ आउने भएका हुन।
गुरुङ प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा व्यवस्थापन कार्य महाशाखाबाट मकवानपुर आउन लागेका हुन भने एसपी राठौरको प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्साल सरुवा भएको छ।








