• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

तनहुँ १ मा मौरती र २ मा खनाल विजयी

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम आउन थालेको छ । तनहुँका दुवै प्रतिनिधिसभा क्षेत्रमा सभापति, सचिव र सहसचिव पदको अन्तिम मत परिणाम आएको छ ।

    तनहुँ १ को सभापतिमा श्यामकुमार मौरती विजयी भएका छन् । निकटम प्रतिस्पर्धी विश्व बाँस्तोलालाई ८३ मतले पराजित गर्दै मौरती क्षेत्रीय सभापति बनेका हुन् । ४८५ मत प्राप्त गरी मौरती विजयी भएका हुन् भने प्रतिष्पर्धी बास्तोलाले ४०२ मत प्राप्त गरेका छन् । मौरती यसअगाडि महाधिवेशन प्रतिनिधि थिए । बास्तोला जिल्ला सचिव हुन् ।

    निर्वाचित सभापति मौरती जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्यानलबाट चुनावी मैदानमा होमिएका थिए । बास्तोला पौडेल निकटका नेता भनिए पनि संस्थापन देउवा समूहका निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले प्यानलबाट उम्मेद्वारी दिएका थिए ।

    सचिव र सहसचिवमा पनि मौराती प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् । क्षेत्रीय सचिव पदमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित भए । यी दुईले क्रमशः ४६३ र ४५९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गरे ।

    युवराज आले र शैलेश खाती सहसचिवमा निर्वाचित भएका छन् । आलेले ४७४ र खातीले ४३६ मत प्राप्त गरेका हुन् । पराजित रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ मा कुल ९५४ मध्ये ९३१ मत खसेको हो । यो क्षेत्रमा न्यौपाने र पौडेल प्यानल बलियो सावित भएको छ ।

    क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । ५१ मतान्तरले सभापतिका उम्मेद्वार कृष्णराज पण्डितलाई पराजित गर्दै खनालले बाजी मारेका हुन् । खनालले ४४७ र पण्डितले ३९६ मत प्राप्त गरेका छन् । निर्वाचित खनाल भण्डारी, वाग्ले, भट्टराई र आले प्यानलका उम्मेद्वार हुन् । खनाल र पण्डित यो भन्दा पहिले महाधिवेशन प्रतिनिधि थिए ।

    सचिव र सहसचिव पदमा पनि खनाल प्यानलका उम्मेद्वार विजयी भएका छन् । जीवन चन्द ठकुरीले ५१७ र सन्तोष घिमिरेले ४८३ मत पाएर क्षेत्रीय सचिवमा निर्वाचित भए । निकटम प्रतिस्पर्धी पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत पाएका छन् ।

    सहसचिव पदमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित भएका छन् । सारुले ५०३ र रानाले ५३६ मत प्राप्त गरे । प्रतिस्पर्धी नरसिङ रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८६६ मध्ये ८६० मत खसेको थियो । दुवै क्षेत्रमा सोमबार मतदान भएको हो । सोमबार रातिदेखि सुरु भएको मतगणना अझै पनि जारी छ ।

    तनहुँ २ को क्षेत्रीय सभापतिमा विजयी भएका चुडामणि खनाललाई बधाई दिँदै पराजित उम्मेद्वार कृष्णराज पण्डित । तस्बिर : न्युज कारखाना

     

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.