• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

तनहुँ कांग्रेसको जिल्ला अधिवेशन : बैकुण्ठ भर्सेस जितप्रकाश

  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने र कार्यबाहक सभापति जितप्रकाश आले वरिष्ठ नेता रामचन्द्र पौडेलका ‘हार्डलाइनर नेता’ हुन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनको संघारमा दुई नेता विभाजित भएर फरक प्यानलमा लागेका छन् । स्थानीय तह, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशनमा फरक प्यानलमा सक्रिय यी दुई नेताको जिल्ला अधिवेशनमा सभापति पदमा भिडन्त हुँदैछ ।

    आले पौडेललाई छाडेर संस्थापन समूहबाट जिल्ला सभापतिको उम्मेद्वार बनेका हुन् । केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थनमा आले प्यानल बनाएर बैकुण्ठलाई पराजयको स्वाद चख्याएर जिल्ला सभापति बन्ने दाउमा छन् । पौडेल समूहका उम्मेद्वार न्यौपानेले केन्द्रमा कृष्णप्रसाद सिटौला समूहका केन्द्रीय सदस्य प्रदीप पौडेल गुटको सहारा लिएका छन् । व्यास नगरपालिकाका मेयरसमेत रहेका न्यौपाने फेरि जिल्ला सभापतिमा दोहोरिन चाहन्छन् ।

    शुक्रबार तय भएको जिल्ला अधिवेशन एक दिन पर धकेलेर शनिबार आज हुँदैछ । सदरमुकाम दमौली बजारस्थित खुला मञ्चमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । मंसिरको चिसोमा याममा पनि कांग्रेसको जिल्ला अधिवेशनले दमौली बजारको महोल यतिबेला हप्पक्कै गर्माएको छ ।

    मतदनामा सहभागी हुन लाइनमा बसेका मतदातासँग भोट माग्न व्यस्त छन् उम्मेद्वार । उम्मेद्वारका निकटका नेता कार्यकर्ता पनि आफ्ना मान्छेलाई भोट मागेर जिताउन भरमग्न प्रयासरत देखिन्छन् । कांग्रेस जिल्ला अधिवेशनको दृश्यले आमनिर्वाचनको झझल्को दिलाउँछ ।

    न्यौपाने प्यानलको उपसभापतिमा भानु नगरपालिकाका मेयर उदयराज गौली, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ चुनावी मैदानमा छन् । सचिवमा केशबहादुर सुनार र मोहन गिरी, सहसचिवमा मिलन आले र धिरेश खनालको उम्मेद्वारी परेको छ ।

    आले प्यानलको उपसभापतिमा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि  अधिकारी चुनावी परीक्षामा होमिएका छन् ।

    ६ मंसिरमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई विश्लेषण गर्दा तनहुँ क्षेत्र नम्बर १ मा पौडेल समूह बलियो छ । क्षेत्र नम्बर २ मा संस्थापन देउवा समूह बलियो देखिन्छ । तर उम्मेद्वार छनोटमा दुवै प्यानल चलाख निस्किएका छन् । यसअगाडिको अधिवेशनमा पपुलर भोट पाएकालाई उम्मेद्वार बनाइएको छ ।

    दिउँसो १ बजेसम्म कांग्रेस तनहुँको नेतृत्व चयनका लागि भएको मतदानमा नौ सय मत खसेको निर्वाचन अधिकृत चन्द्रकान्त वाग्लेले बताए । एक हजार आठ सय १७ जना मतदाता छन् । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिए पनि दुई घन्टा समय बाँकी हुँदा ५० प्रतिशत मत मात्र खसेको छ । ‘३ बजेसम्म निर्वाचन समितिले मतदानको समय तोकेका छौँ । त्यतिबेला सम्म सकिएन भने लाइनमा बसेकालाई मतदान गर्न दिनेछौँ’, उनले भने । न्युज कारखाना

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.