• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

तनहुँका ६ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन

  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  नेकपा माओवादी केन्द्रको प्रथम गाउँ तथा नगर अधिवेशनले तनहुँका ६ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका १० मध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

    शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेको गाउँ तथा नगर अधिवेशन जिल्लाका आठ स्थानीय तहमा मात्र सुरु भएको थियो । दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेले बताए ।

    शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेतृत्व चयन हुन नसकेको उनको भनाई छ । सहमतिबाट नेतृत्व छान्ने प्रयास भइरहेको न्यौपानेले बताए । माओवादीले पदाधिकारीमा आकांक्षी धेरै भए पनि सकभर सर्वसम्मत नेतृत्वको टुंगो लगाउने रणनीति बनाएको छ । आकांक्षी धेरै हुँदा पनि मतदान प्रक्रियामा जान सकेको छैन । ‘सर्वसम्मत गर्ने प्रयास गरिरहेका छौं  । सहमतिमा नेतृत्वको टुंगो नलागे अन्तिम अस्त्र प्रयोग गर्दै मतदान प्रक्रियामा जान्छौं’, न्यौपानेले भने ।

    बन्दीपुर गाउँ कमिटीको नेतृत्व चयन गर्न शनिबारदेखि छलफल जारी छ ।  शुक्लागण्डकी नगरपालिकामा १८ मंसिरसम्म सहमति गर्ने म्याद निर्वाचन समितिले दिएको छ । यहाँ शनिबार नै ६५ सदस्यीय नगर कमिटी चयन गरिएको थियो ।

    एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरेर सात जना पदाधिकारी मात्र चयन गर्न बाँकी रहेको माओवादी केन्द्र तनहुँकी सहइञ्चार्ज आशा कोइरालाले बताइन् । सातै पदमा सर्वसम्मत गराउन लामो रस्साकस्सी भए पनि उम्मेदवार ब्याक हुन नखोजेपछि १८ मंसिर सम्मलाई अधिवेशन स्थगित गरिएको छ । उम्मेदवारी आन्तरिक तयारीमा जुटेका छन् । नेता उम्मेदवारलाई ब्याक गराउन कसरत गर्दैछन् ।  ‘निर्वाचन समितिले दिएको समयसम्म सर्वसम्मत गराउन प्रयास गर्नेछौँ । नभए त्यही दिन मतदानमार्फत पदाधिकारीको टुंगो लाग्नेछ’, कोइरालाले सुनाइन् ।

    नगर कमिटीको सात पदमा १६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । मनराज गुरुङ, शरण सापकोटा र भद्रबहादुर खत्री (विष्णु) ले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङ हाल नगर कमिटीका सचिव हुन् । सापकोटा वाइसिएल तनहुँ इन्चार्ज र खत्री माओवादी केन्द्रको जिल्ला समन्वय समितिको सचिवालय सदस्य हुन् ।

    नगर कमिटी उपाध्यक्षमा रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एक महिला सहित तीन जना निर्वाचित हुनेछन् । सचिवमा जीवन पोखरेल र अनिल तिवारी, सहसचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल, मिलन महतको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा पहलसिं विक, झ्यामकुमारी थापाले उम्मेदवारी दिएका छन् ।

    जिल्लाको व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत भएको छ । व्यासमा रामचन्द्र सापकोटाको अध्यक्षतामा नगर ६५ सदस्यीय कमिटी गठन भएको छ । दुई दिन लामो छलफलले आइतबार साँझ व्यास नगर कमिटीको छिनोफानो गरेको हो । कमिटीको उपाध्यक्षमा देवीका बुर्जा मगर, ईश्वर बस्याल र गोपाल सुर्खाली चयन भए । सचिवमा वसन्त दरै, सहसचिवमा हर्कबहादुर थापा र कोषाध्यक्षमा केहरसिंह आले चयन भएका हुन् ।

    भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल सर्वसम्मत भए । कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थापा चयन भएका छन् ।

    ऋषिङ गाउँ कमिटीको अध्यक्षमा वीरबहादुर थापा चयन भएका छन् । गाउँपालिकामा ५५ सदस्यीय कमिटी बनाइएको छ । उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला आले, वसन्त सदाशंकर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन भएका छन् ।

    नेकपा माओवादी केन्द्रको म्याग्दे गाउँ कमिटी अध्यक्ष दिलबहादुर नेपाली बनेका छन् । उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, दण्डमान श्रेष्ठ रहेका छन् । सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशंकर र कोषाध्यक्षमा शुकराम नेपाली चयन भए ।

    चुननारायण श्रेष्ठको अध्यक्षतामा घिरिङ गाउँ कमिटीले नयाँ नेतृत्व पाएको छ । उपाध्यक्षमा गोविन्दराज काफ्ले, बिनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन भएका छन् ।

    आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा खगराज गौली सर्वसम्मत भए । उपाध्यक्षमा बाबुराम शर्मा, गणेश थापा, दुर्गा अर्याल, सचिवमा  गंगाराम कोइराला, सहसचिवमा श्रीप्रसाद गुरुङ चयन भए । कोषाध्यक्ष गाउँ कमिटीले चयन गर्ने जनाइएको छ ।

    भानु नगरपालिका र देवघाट गाउँपालिकामा भने शनिबार अधिवेशन सुरु हुन सकेन । १८ मंसिरमा यी दुई स्थानीय तहमा अधिवेशन गरिने माओवादी केन्द्र तनहुँले जनाएको छ । न्युज कारखाना

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.