हेटौंडा । मकवानपुर प्रहरीले अबैध लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ मा चेकजाँचका क्रममा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ कालापानी बस्ने २६ वर्षीय रविन तामाङ रहेका छन् । उनको साथबाट लागुऔषध नाईट्रोभेट ४९ ट्याब्लेट्, ट्रामा ३६० क्यापसुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याब्लेट र ४६ हजार २५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।








