देवघाट तनहुँ । तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र स्थित इलाका प्रहरी कार्यलय देवघाट र सामुदायिक सेवा केन्द्र देवघाटको आयोजनामा विहीवार हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ देवघाटमा आत्महत्या न्युनिकरण र त्यसलाई अन्त्य गर्नको लागि र्याली र प्लेकार्ड मार्फत हस्ताक्षर संकलन गरिएको थियो ।
सो कार्यक्रममा पछिल्लो समयमा बढ्दो आत्महत्याको क्रमलाई केहि हदसम्म मात्रै भएपनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले सो आत्महत्या न्युनिकरण तथा रोकथामको लागि र्याली र प्लेकार्ड मार्फत तथा हस्ताक्षर संकलन कार्यक्रमको आयोजनाना गरिएको इलाका प्रहरी कार्यलय देवघाटका इन्चार्ज सुशील लामिछानेले बताउनुभएको थियो ।
साथै इन्चार्ज लामिछानेले देवघाट गाउँपालिका करिब एक वर्षको अबधिमा ३ जनाले आत्मा हत्या गरेको पुष्टि भएको बताउदै आउदो दिनहरूमा यस् कार्यक्रमले जनसमुदायमा राम्रो सन्देश गएको बिश्वास राख्दै आत्महत्या न्युनिकरण हुने दावी पनि गर्नु भयो साथै समुदाय कुनै पनि घटनाको बिसयमा थाहा भए तुरुन्तै ११६६ मा डायल गर्न अनुरोध गर्दै समाजमा आत्महत्या न्युनिकरण अन्त्य गर्न समन्वय गरि देवघाट ईलाका प्रहरीको तर्फबाट आफ्नो प्रयास निरन्तर रहने समेत उहाँले बताउनुभयो ।
सो कार्यक्रम इलाका प्रहरी कार्यलय देवघाटको प्राङ्गणबाट सुरू भएको र्याली नयाँबस्ती,देवपुर,टाउन चोक हुँदै देवघाटको पुरानो झोलुङ्गे पुलमा पुगि जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या कदापि गर्ने छैन भन्ने प्रतिवद्वताका साथ देवघाट वडानम्वर ५ का वडाध्यक्ष याल वहादुर गुरुङ,देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरे,देवघाट सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष होमवहादुर भारती,उद्योग बाणिज्य संघका देवघाटका अध्यक्ष रोशन श्रेष्ठ,ज्योति विकास बैंक देवघाट शाखाका म्यानेजर पोश्यनाथ आचार्य, शिद्वार्थ बैंक देवघाटका शाखा म्यानेजर त्रिबिक्रम शाह, बद्रीमुक्ति टोलका संस्थाका अध्यक्ष केशवहादुर घर्तीक्षेत्र, लाइन्स क्लव अफ देवघाटका अध्यक्ष दधिराम सापकोटा, देवघाट अटो व्यवसायी संघका कोषाध्यक्ष नर बहादुर घर्ती, अखिल नेपाल महिला संघका अध्यक्ष शुसिला न्यौपाने, शिक्षक शिक्षिका बिद्यार्थीहरू लगाएत गरि करिब ३ सय भन्दा माथिले हस्ताक्षर गरि सो कार्यक्रम समापन गरिएको थियो।








