देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ छिपछिपे भञ्ज्याङ्ममा नेपाली काँग्रेस तरुण दल देवघाट २/३र ४ नम्बर वडाको संयुक्त आयोजना आज कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी गृह जिल्ला आई पुगेका छन् ।तेस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भए लगत्तै शुक्रबार के.स.भण्डारी गृह जिल्ला आईपुगेका हुन् ।गृह जिल्ला आईपुगेका के.स.भण्डारी एकसाता गृह जिल्लामा बस्ने कार्यक्रम रहेको छ ।
यसैक्रममा के.स.भण्डारी शनिबार देवघाट गाउँपालिका वडा नं ३ छिपछिपेमा भञ्ज्याङ्गमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएको थियो । सो कार्यक्रममा सहभागी हुने क्रममा के.स.भण्डारीले मुलुकलाई कम्युनिष्टहरुको अतिवादबाट जोगाउनु पर्ने बेला आएको बताउनु भएको थियो।कम्युनिष्टहरुलाई जनताले विश्वास गरेर मत दिएको भएपनि कम्युनिष्टहरुले मुलुक र जनतालाई धोका दिएको के.स.भण्डारीको भनाई थियो ।
केही समय भित्र तीन तहको निर्वाचन हुने हुँदा निर्वाचनमा कांग्रेसलाई जिताउन पार्टीका नेता तथा कार्यकर्ता एक भएर लाग्न समेत के.स.भण्डारीले आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा मुलुक र मुलुकबासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको हुँदा जनताले आगामी तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिन समेत के.स.भण्डारीले आग्रह गर्नुभएको थियो ।मुलुकमा जति विकास निर्माण र अन्य परिवर्तन भएका छन् ति कांग्रेसको अगुवाईमा भएको समेत के.स.भण्डारीले बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले ,उपसभापतिद्धय देवकुमार श्रेष्ठ र राजेन्द्र्रकृष्ण श्रेष्ठ ,सचिवद्धय सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल , संविधान सभा सदस्य झुलबहादुर आले ,पूर्व जिल्ला सचिव विश्व वास्तोला , क्षेत्र नं १ प्रदेश ख का सभापति काजीमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा ६० जना भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थियो । नवप्रवेशीहरुलाई केन्द्रीय सदस्य भण्डारीले पार्टी सदस्यता प्रदान गर्नुभएको थिय।








