देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ हाट बजार कृषि संकलन केन्द्रको परिषदमा आज नेकपा एमाले देवघाट ५ नम्बर वडाको आयोजना भएको कार्यक्रममा तनहुँ जिल्ला हुने दसौं अधिवेशनको लागी देवघाट ५ नम्बर वडा बाट ११ प्रतिनिधि सर्व सहमत छनोट भएको छ।
सो कार्यक्रममा नेकपा एमाले तनहुँका जिल्ला सदस्य एवम् देवघाट गाउँपालिका इन्चार्ज बाबुराम अधिकारीले यहीँ मिति २०७८ पौष २३ गते हुन गई रहेको तनहुँ जिल्लाको दसौं अधिवेशनको लागी नेकपा एमाले देवघाट ५ नम्बर वडा कमिटी बाट ११ जना प्रतिनिधिहरु सर्वसहमत रुपमा छनोट गर्न सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनहरू पनि पार्टी हितको निम्ति सवै संग समन्वय गरि अगाडी बढ्ने उहाँले बताउनुभयो।
नेकपा एमाले तनहुँका जिल्लाको दसौं अधिबेशनको लागी याल बहादुर गुरुङ,शिवराज पौडेल,टुकनाथ अधिकारी,भोजरा नैनावस्ती,सुक लाल गुरुङ,गणेश बहादुर थापा,तिलक प्रसाद न्यौपाने,सावित्री न्यौपाने,ठाकुर कुमारी काफ्ले,जमुना न्यौपाने,गिता पन्त गरि ११ जना प्रतिनिधि नेकपा एमाले ५ नम्बर वडा देवघाट बाट सर्व सहमत छनोट भएको नेकपा एमाले देवघाट गाउँपालिकाका अध्यक्ष केशव चन्द्र न्यौपाने जानकारी दिनुभएको थियो।








