• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको गाह्रोमा हाल्न मिल्ने भइदिएको भए उहिल्यै चोइटिन्थ्यो होला । बढी चुच्चो भएकै कारण फुटाएर गाह्रो लगाउन नमिल्ने यी ढुंगा अस्तित्वविहीन जस्तै थिए । यति मात्रै हाेइन चुच्चे ढुंगाकै कारण वस्तुभाउ चराउन  र घाँस दाउरा गर्न समेत स्थानीयहरू पुग्दैन थिए ।

    भिमाद नगरपालिका-९ मोहोरियास्थित दुङ्दुकाे सामुदायिक वनमा पर्ने यही अग्ला र चुच्चे ढुंगा अहिले पर्यटक तान्ने माध्यम बनेका छन् । झाडी फाँडेर तिनै ढुंगा सिंगारिएको छ । अहिले यहाँ उद्यान अर्थात पार्क बनाइएको छ । पार्कको नामाकरण गरिएको छ घाङ्च ल्हुम । घाङ्च ल्हुम भनेको मगर भाषामा अग्लो ढुंगा हो । मगर बस्ती मोहोरियाको काखमा साजसज्जाले चिटिक्क बनाईएको ढुंगे बगैँचा घाङ्च ल्हुम भाइरल गन्तव्य बनेकाे छ ।

    केही समयअघिसम्म घाङ्च ल्हुमको न अस्तित्व थियो न अपेक्षा नै । मोहोरियावासी जंगलको झाडीमा लुकेको घाङ्च ल्हुम हेर्न पर्यटक आउलान भन्ने कल्पना समेत थिएन । जताततै ढुंगैढुंगा छन्, ढुंगा हेर्नलाई पनि पर्यटक आउलान् र ?

    ढुंगालाई साजसज्जा गरेर पार्क बनाएपछि घाङ्च ल्हुममा हजारौँ पर्यटक पुगेका छन् । गत साउनमा निर्माणधीन घाङ्च ल्हुम पक्षी तथा वनस्पती उद्यानको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पर्यटक पुग्न थालेका थिए । पर्यटकको ताती लाग्न थालेपछि १८ साउनदेखि घाङ्च ल्हुम प्रवेशमा टिकटकाे व्यवस्था भयाे । त्यस दिनदेखि हिजाे बुधबारसम्ममा घाङ्च ल्हुममा साढे १४ हजार पर्यटक आइसकेकाे दुङ्दुमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर थापाले जानकारी दिए । घुम्न आएका पर्यटकले काटेको टिकटबाट मात्रै दुई लाख ९० हजार दुई सय ६० रुपैयाँ आम्दानी भइसकेकाे छ ।

    कल्पना नै नगरेको संख्यामा पर्यटक आएको थापा बताउँछन् । उनका अनुसार जिल्लाबाहिरबाट समेत पर्यटक आउन थालेका छन् । घुम्न आउनेको ताँतीले गाउँलेलाई दंगै बनाएको छ । उनी भन्छन्, ‘हामी यहीँ हुर्कियौँ, यहीँ गाई बाख्रा चराएर हिँड्यौँ । पहिले झाडी थियो आउन पनि डर लाग्ने ठाउँ । यस्तो बन्ला भनेर कहिल्यैँ कल्पना समेत गरिएन् । चिटिक्कको पार्क बनेर घुम्न आउनेको ताँती लागेपछि हामी त दंगै पर्‍यौँँ ।’ पछिल्लो तीन वर्षको प्रयासमा डर लाग्ने जंगलको ढुंगा आकर्षक पार्कमा परिणत भएको उनको भनाइ छ ।

    गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट मातहातको कार्यालय डिभिजन वन कार्यालय तनहुँले आर्थिक बर्ष २०७७/०७८ मा  पार्क बनाएको हो । २० लाख रुपैयाँ लगानीमा पार्क बनाएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पार्क निर्माणमा स्थानीयले १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान गरेका थिए ।

    पार्कमा चराका लागि गुँड बनाइएको छ । ढुंगाको खोपिल्टोलाई संरक्षण गरेर चराचुरुङ्गीले पानी पिउन मिल्ने स-साना पोखरी निर्माण गरिएको छ । गिद्धको आकृति र चुच्चोबाट पानीको फोहोरा झर्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम परिसरमा ढुंगा चिनेर चिटिक्कको पैदल मार्ग बनाइएको छ । गमलामा रोपिएका फूल फुलेर ढकमक्क हुँदा मनमोहक देखिएको छ ।

    छोटो समयमा घाङ्च ल्हुममा हजारौँ पर्यटक आउनुलाई सामाजिक सञ्जालको पावर ठान्छन् वडाध्यक्ष इमानबहादुर थापा । ‘यदि सामाजिक सञ्जालमा प्रचारप्रसार हुदैन्थ्यो भने घाङ्च ल्हुममा यति धेरै पर्यटक आउने थिएनन् होला,’ उनले सुनाए । पछिल्लो समय भने पर्यटक बिस्तारै घट्दो छ । कारण चिहानडाँडाबाट पार्कसम्मको पुग्ने सडकको दुरावस्था । कालोपत्रे गर्नलाई ठेक्का लगाएको चिहानडाँडादेखि मोहोरियासम्मको सडक निर्माण समयमै सम्पन्न नहुदाँ पर्यटकलाई सास्ती भएकाे वडाध्यक्ष थापा बताउँछन् । २.३ किलोमिटर सडक ठेक्का लगाएको दुई बर्षसम्म पनि कालोपत्रे हुन सकेको छैन ।

    ढुंगा सिँगारेर आकर्षक पार्क बन्नुको जस मोहोरियावासी गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङलाई दिन्छन् । गुरुङ गण्डकीका पूर्व अर्थमन्त्री पनि हुन् । अर्थमन्त्री हुँदा उनले घाङ्च ल्हुम पक्षी तथा वनस्पति उद्यान निर्माणमा बजेट विनियोजन गरेका थिए । ढुंगा सिँगारेर पार्क बनाउने अवधारणा गुरुङै भएको स्थानीय बाबुराम राना बताउँछन् ।  मोहोरियाको ढुंगामा पर्यटक तान्ने शक्ति देखेर पार्कको अवधारणा अगाडि सारेको पूर्वमन्त्री गुरुङ बताउँछन् । अब दुङ्दुमा सामुदायिक वन क्षेत्रलाई वनस्पति उद्यानको रुपमा विकसित गर्ने योजना रहेको उनले बताए ।

    पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट १५ किलोमिटर पर पर्छ मोहोरियाको घाङ्च ल्हुम । पाँच महिनामा यहाँ १४ हजारभन्दा बढी पर्यटक घुम्न आए पनि गाउँलेले भने प्रत्यक्ष लाभ उठाउन सकिरहेका छैनन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.