हेटौंडा। हेटौंडा भएर काठमाडौं जोड्ने छोटो मार्गको रुपमा रहेको भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२देउराली नजिक टाटा सुमो दुर्घटना भएको छ।
शुक्रबार दिउँसो वीरगन्जबाट यात्रु लिएर काठमाडौं जादै गरेको प्रदेश-२ ०३-००१ ज ०१३० नम्बरको टाटा सुमो ब्रेक फेल भएर दुर्घटना हुँदा सुमोमा सवार पर्सा जिल्ला घर भएका १ पुरुष र दुई महिला घाइते भएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन।
घाइते सबैलाई उपचारका लागि काठमाडौ पठाउने तयारी भइरहेको र सुमो चालक भिमफेदी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।








