हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-३ लेवटमा दुईवटा मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा ४ जना घाइते भएका छन।
घाइते मध्ये तिन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन। शुक्रबार साँझ ना ६५ प २४६५ नम्बरको मोटरसाइकल र ना २० प ३२०२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा गम्भीर घाइते सबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको र घाइते मध्ये तिन जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ। यो समाचार तयार पार्दासम्म घाइते कसैको पनि पहिचान खुलेको छैन।








