काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसईई परीक्षा बैशाखमा गर्न लागेको हो ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बैशाखको पहिला साता परीक्षा संचालन गर्न लागेको जानकारी दिए । उनका अनुसार, परीक्षा तालिका भने केही दिनमै सार्वजनिक हुनेछ । बैशामा एसईई परीक्षा संचालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने बताएका छन्।
चैत्रमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा संचालन गर्ने भएपछि एसईई परीक्षा बैशाखमा सरेको हो ।








