• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

देवघाटको भूजेल वस्तीमा बालविकास केन्द्र भवनको उद्घाटन 

  •   शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ ।  तनहुँको देवघाट गाउँपालिकाका वडा नम्बर ५ साउने भुजेल समुदायमा दश लाख बराबर लागतमा रोटरी साउने बालविकास केन्द्र भवनको आज एक कार्यक्रम गरि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा र रोटरी अन्तराष्ट्रिय डिष्ट्रक्ट ३२९२ का डिष्ट्रक्ट गभर्नर इलेक्ट रो. जितेन्द्र बहादुर राजभण्डारीले संयुक्तरुपमा सो भवनको उद् घाटन गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रक्ट गभर्नर इलेक्ट रो. जितेन्द्र बहादुर राजभण्डारीले बाल शिक्षा भवनको उद् घाटन पछी कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरू भनेको देशको कर्णधार हुन् हामीले सानै उमेर बाट बालबच्चाहरू लाई राम्रो शिक्षा दिएर अघि बढाउन सक्यो भने पछि गएर समुदाय र देशको उदाहरणिय व्यक्ति बन्न सक्ने उहाँले बताउनुभयो ।

    साथै उहाँले कुनै पनि बालबच्चालाई स्कुल जानबाट कहिल्यै पनि बञ्चित नगरौ स्कुल पठाउने बानि बसालौँ भनेर आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको थियो । सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज बाल बिकास केन्द्रको उद् घाटन पछि पहिलाको पुरानो जिण अबस्थामामा रहेको बालबिकास केन्द्र भवनलाई भत्काएर नयाँ भवन बनाउन सफल भएको बताउदै साना-साना बालबालिकाहरुलाई अध्यन-अध्यापन गराउन पनि अब सहज हुनेमा बिश्वात राख्नु भएको थियो।

    साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको शैक्षिक गुणस्तरलाई गुणस्तरीय बनाउन हरेक संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने समेत बताउनुभयो। कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका ५ नम्बर वडाको भुजेल समुदायलाई एउटा नमुना समुदायको रुपमा परिचीत गराउन रोटरी क्लबले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै धन्यवाद समेत दिनुभएको थियो।

    साथै वडा अध्यक्ष गुरुङले देवघाट ५नम्बर वडाको बिकास निरन्तर क्रमिकरुपमा अगाडी बढेको बताउदै आफुले कुनै पनि कसर नराखी सवै संग समन्वय गरि अगाडी बढ्ने बताए। देबघाट गाँउ पालिका वडा नं ५ अन्तर्गत पर्ने साउनेमा भुजेल जातिहरू बसोबास गर्दै अाइरहेको र उनिहरुको आर्थिक अवस्था निकै नै कमजोर भएको हुनाले रोटरी क्लब अफ नारायणगढले उक्त स्थानका बालबालिकाहरु शिक्षा देखी टाढा हुन नपरोस् भन्ने उदेश्यको साथ बालबिकास भवन निर्माण कार्यलाई अगाडि बढाएको रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले जानकारी दिनुभएको थियो ।

    साथै बालबिकास केन्द्रमा भुजले समूहका १७ बालबालिका अध्ययन गर्छन्,भवन पुरानो भएको हुनालेले साना साना बालबालिकाहरुला बस्न र अध्ययन गर्न कठिन भइ रहेको बेला रोटरी क्लब अफ नारायणगढ र देवघाट गाउँपालिकाको समन्वयमा बालविकास केन्द्रको भवन बनेकोमा भुजेल समुदायमा खुशी उत्साह छायाको स्थानीय आईतमाया भुजेलले बताउनु भएको थियो। कार्यक्रममा सेवा परियोजना निर्देशक रो. ईन्जिनियर गुनेश्वर महतोले बालविकास केन्द्र भवनको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्ष अनुकुल श्रेष्ठ,जल देवी आमा समुहका अध्यक्ष भरिमाया गुरुङ लगाएतको उपस्थिति रहेको थियो भने अध्यक्ष रोटरीयन अरूण कुमार खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.