• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता

  •   सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ । दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि वैकल्पिक राजनीतिको बहस फेरि चर्चामा आएको हो ।

    देशको सङ्‍घीय राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक छन् । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको पनि जित घोषणा हुन मात्र बाँकी छ । धरान उपमहानरपालिकामा त स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले निर्वाचित भइसके । अन्य स्थानीय तहमा पनि स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा निर्वाचित भइसकेका छन् । यी परिदृश्यपछि जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेकोमा जोड दिएका छन् ।

    हुन त उनी वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै २०७२ मा संविधान बनेपछि माओवादीबाट अगल भएका थिए । अलग भएर नयाँ शक्ति स्थापना गरे । तर, २०७४ को सङ्‍घीय संसद्को अधिवेशनमा उनको पार्टीबाट जित्ने उनी एक्ला भए । त्यो पनि तालमेलमा मात्र उनको जित सम्भव भएको हो । निर्वाचनको परिणामले गलेका उनले त्यसपछि वैकल्पिक शक्ति भन्‍न त छाडेनन् तर उपेन्द्र यादव नेतृत्वको सङ्‍घीय समाजवादी फोरमसँग एकीकरण गर्दै हाल जसपामा आइपुगेका हुन् ।

    गृहजिल्ला गोरखाको ११ स्थानीय तहमा मात्र नभई गण्डकी प्रदेशभर नै एउटा सिट जिताउन नसकेका भट्टराईले ट्वीटरमार्फत ३० वैशाखमा भएको निर्वाचन परिणामले वैकल्पिक शक्ति आवश्यकता पुष्टि भएको बताएका छन् । उनले भनेका छन्, ‘चुनावका दूरगामी संकेतहरू :पूर्वकाे धरानदेखि काठमाडाैं हुँदै सुदूर पश्‍चिमकाे धनगढीसम्म स्थापित दलका टाउकामाथि बज्रिएका लाैराेहरू ! थुनिएका थारू विद्राेहका नायक रेशम चाैधरीकाे दल थारू बाहुल्य कैलालीमा अग्रपंक्तिमा !

    अधिका‌ंश ठाउँमा पुराना अनुहारकाे हार र नयाँकाे जित ! याे विकल्पकाे खाेजी नभए के हाे ?’ भट्टराई मात्र होइन, पूर्व पत्रकारसमेत रहेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि वैकल्पिक शक्ति आवश्यक रहेकोमा जोड दिन्छन् । २०७४ मा भएको निर्वाचनबाट केही प्रदेशमा समानुपातिक सिटसम्म प्राप्त गर्न सकेका मिश्रको पार्टीले यस पटक मधेस प्रदेशको एक स्थानीय तहबाहेक कहीँ पनि निर्वाचन जित्न सकेन ।

    सर्वत्र हारपछि पार्टीमा निरन्तर खटिने मान्छे नभएको र आर्थिक स्रोत नभएका कारण निर्वाचनमा दुःखद् परिणाम आएको पार्टी प्रवक्ता शरदराज पाठकले बताइसकेका छन् । वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्ने यी दुई नेता मात्र होइनन्, हिन्दुवादी नेता कमल थापा पनि यसकै पक्षमा छन् । तर, उनको पार्टीले देशभरको ७५३ मध्ये एउटा पनि स्थानीय तहमा निर्वाचन जित्‍न सकेन । हारैहार भएपछि उनी चुपचाप छन् । प्रा.डा. लोकराज बराल दलहरूले उम्मेदवार छनोट गर्दा नाताका र कृपा गर्नेलाई दिएपछि जनता आक्रोशित भएको र त्यसको परिणाम स्वतन्त्र उम्मेदवारको जित भएको बताउँछन् ।

    स्वतन्त्र उम्मेदवारहरूको जितलाई उनी वैकल्पिक राजनीतिसँग तुलना गर्दैनन् । उनले भनेका छन्, ‘पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको काम गर्ने शैली पनि सन्तोषजनक छैन । उम्मेदवार छान्दा पनि नाताका र कृपा गर्नेलाई छान्‍ने गरेको देखिन्छ । त्यसविरुद्धको जनमत स्वतन्त्र उम्मेदवारलाई प्रकट भएको हो ।

    यसलाई वैकल्पिक राजनीति भन्‍नेसँग तुलना गर्न हुँदैन ।’ स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई पछि पार्दै जित हात पार्नु स्वतन्त्र उम्मेदवारका लागि सहज होइन । तर, दलमा आबद्ध नै नभई स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचन लडेर ठाउँठाउँमा स्वतन्त्र उम्मेदवारले जितेपछि वैकल्पिक राजनीतिको बहस पनि चर्चामा आएको हाे ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.