• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

उपेक्षा भएको गुनासो गर्दै द्वन्द्वपीडित महिला

  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारले राज्यबाट घोषणा भएका राहत, परिपूरण र पुनःस्थापनाका कार्यक्रमले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) द्वारा आज आयोजित महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रममा उनीहरूले राज्यको माथिल्लो तहमा रहेकाहरूले आफूहरूका माग र समस्याको सुनुवाइका लागि पटक–पटक धाउँदा पनि ध्यान नदिइएको बताएका हुन् ।

    “द्वन्द्वकालमा राज्य र विद्रोहीको युद्धमा हाम्रा परिवारका सदस्य मारिए । त्यसबेलाको विद्रोही पक्ष अहिले सरकारको नेतृत्वमा छ । हामी सिंहदरबारका मन्त्रालय र सुरक्षा निकायका मुख्यालयमा जाँदा प्रवेशद्वारबाटै अपमानपूर्वक फर्काइन्छ”, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घका कार्यक्रम संयोजक रणवीर लावतीले भन्नुभयो । कार्यक्रममा नुवाकोटकी विमला रिमालले युद्धकालमा आफ्ना पति नवराज रिजाल प्रहरीमा कार्यरत रहँदादेखि हालसम्म बेपत्ता रहेको र आफूले साना दुई सन्तानलाई काठमाडौँमा खलासीगरेर र पछि ट्याम्पु चलाएर हुर्काउँदा राज्य र समाजबाट कुनै सहयोग नपाएको अनुभव सुनाउनुभयो ।

    दोलखाकी जमुना कार्कीले युद्धकै क्रममा श्रीमान् मारिँदा लास बुझ्ने मान्छेसमेत नपाएको र त्यसयता सरकारले बनाएका कानुन र कार्यक्रममा आफूलाई समावेश नगरिएको पीडा सुनाउनुभयो । पर्वतकी जुनुमाया श्रेष्ठलेश्रीमान् मारिएको स्थितिमा सरकारले प्रतिबद्धता गरेका सुविधा लिन जाँदा उल्टै पीडित हुनुपरेको बताउनुभयो । अछामका धीरेन्द्र भण्डारीले द्वन्द्वकालका घाइते, अपाङ्गता, सहिद र बेपत्ता परिवारलाई उपचारलगायतको सुविधा दिन सरकारसँग राखिएका सात बुँदे मागको सम्बोधन नभएको बताउनुभएको थियो ।

    कार्यक्रममा अधिवक्ता जीवन शर्माले द्वन्द्वबाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित हुने भएकाले सबै राष्ट्रमा मानवअधिकारको संरक्षण र शान्ति स्थापनाका लागि राष्ट्रसङ्घबाट पारित प्रस्तावको प्रगति विवरण सरकारले दिनुपर्ने उल्लेख गर्नुभयो । नेपाल सरकारबाट पारित कार्ययोजना कार्यान्वयनका लागि नागरिक समाजबाट आवाज उठाइनुपर्ने उहाँको भनाइ थियो ।

    एकल महिला व्यवस्थापक राजीन रायमाझीले सरकारबाट निर्मित दोस्रो कार्ययोजनालाई स्थानीयकरण गरी स्थानीय तहमार्फत राहत, परिपूरण र पुनःस्थापनाका लागि नागरिक समाज र सञ्चार क्षेत्रले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.