• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

प्लाष्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै

  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली (तनहुँ) । बढ्दो आधुनिकतासँगै प्लाष्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लाष्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।

    आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटमा लामो समयदेखि माटोका भाँडा बनाउँदै आउनुभएका चन्द्रकृष्ण प्रजापतिले आधुनिकता तथा सहजताका कारण प्लाष्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको भाँडा प्रयोग गर्ने घटेको बताउनुभयो । पुख्र्यौली पेसा भएकाले अहिलेसम्म छाड्न नसकेको उहाँको भनाइ छ ।

    “पछिल्लो समय प्लाष्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको छ । अहिले धेरै व्यापार घटेको छ । पेसा नै लोप हुन्छ की भन्ने चिन्ता छ ।”

    प्रजापतिको परिवार २०४३ सालमा भक्तपुरको ठिमीबाट बसाइँसराइ गरी तनहुँ आएको थियो । बाबु चन्द्रबहादुर प्रजापतिसँगै तनहुँ आउनुभएका उहाँले छ वर्षको उमेरदेखि नै माटाका भाँडा बनाउन सिक्नुभएको हो ।

    माटाका भाँडा बिक्री गरी हाल वार्षिक रू पाँच लाखसम्म आम्दानी हुने गरेको प्रजापतिले सुनाउनुभयो । उहाँका अनुसार निर्माण गरिएका भाँडा तनहुँका साथै लमजुङ र गोरखामा समेत बिक्री हुँदै आएको छ ।

    माटोका भाँडा बनाउने भट्टाबाट रक्सी पार्ने हण्डा, मकै भुट्ने हाडी, पानी राख्ने भुड्का, गाग्री, घैँटा, धुपौरे, खोतउली, फूलका गमला, आरी, डुगुल्की, सुराइ, खुत्रुक्के, कमलदानी, कलश, पाला, दियोलगायत सामग्री बन्दै आएको छ ।

    हाडीप्रति गोटा रू दुई सय, गमलाप्रति दर्जन रू नौ सय, गाग्री रू एक सय ५०, आरी रू दुई सय, खुुत्रुक्के रू एक सय ५०, धुपौरे रू ६० मा बिक्री हुने गरेको प्रजापतिले जानकारी दिनुभयो । भाँडा तयार गर्नका लागि गोरखाबाट प्रतिट्याक्टर चिम्ट्याइलो माटो रू १५ हजारमा खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

    प्लाष्टिकका भाँडा प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने र वातावरणसमेत प्रदूषित हुने भएकाले माटोका भाँडा प्रयोग गर्नुपर्ने प्रजापतिको सुझाव छ ।

    “भट्टामा माटो पेल्ने तथा भाँडा बनाउने मेसिन र पोल्ने भट्टा निर्माण गरी पेसालाई निरन्तरता दिँदै आएको छु । म यो पोमा सन्तुष्ट छु”, प्रजापतिले भन्नुभयो । स्थानीय सरकारले केही आर्थिक सहयोग गरिदिए व्यवसायलाई आधुनिक बनाउने योजना रहेको उहाँको भनाइ छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.