• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन

  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो । सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका सोलार तारबार हेरालुलाई खतरा सूचना बोर्ड, साइरन मेसिन र सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।

    सामग्री हस्तान्तरण गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विद्युतीय तारबारबाट जोगिन बेलैमा सचेत बन्नुपर्ने र समुदायस्तरमा पनि जनचेतना फैलाउनुपर्ने बताउनुभयो । समुदायमा जनचेतना दिँदै मानवीय दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । मध्यवर्तीका नागरिकलाई निरन्तर सचेतना कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । गत असोज २५ माडी–९ कृष्णनगरका विकल्प सुवेदीको विद्युतीय तारबारको झड्काबाट मृत्यु भएको थियो ।

    त्यसपछि स्थानीयलाई विद्युत् छाडेको जानकारी दिन साइरन र नछुन अनुरोध गर्दै सूचना बोर्ड राखिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताउनुभयो । हात्ती, गैँडा, बाघलगायत वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमा प्रवेश नगरून् भन्ने उद्देश्यले विद्युतीय तारबार जडान गरिएको उहाँले जानकारी दिनुभयो । यो क्षेत्रमा झन्डै १२ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार जडान गरिएको गायकले बताउनुभयो । बेलुका ७ देखि बिहान ६ बजेसम्म तारमा विद्युत् छाडिन्छ ।

    “अब विद्युत् छाड्न अघि साइरन बज्छ”, उहाँले भन्नुभयो, “ठाउँ ठाउँमा यो तार छुनु हुन्न भनेर बोर्डसमेत टाँस गर्नेछौँ ।” अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, रेवा मध्यवर्ती उपभोक्ता समिति, बघौडा मध्यवर्ती उपभोक्ता समिति र पर्सामा रहेको निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिलाई सामग्री हस्तान्तरण गरिएको हो ।

    यस्तै उनीहरुलाई सुरक्षा सामग्री लाइट, रेनकोट, बुट जुत्ता, बिजुलीको तार छुने टेस्टर, हम्मर, पिलास, झोलालगायत सामग्रीसमेत वितरण गरिएको छ । तराई भू–परिधि कार्यक्रम (ताल)को सहयोगमा सामग्री हस्तान्तरण गरिएको हो । यो क्षेत्रमा सोलार फेन्स जडानपछि ठूला वन्यजन्तुको प्रवेश र क्षति कम भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.