• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

‘प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध छ’ 

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ  ।  गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज दमौली अस्पतालको निरीक्षण पश्चात आयोजित अन्तरक्रियामा मन्त्री थापाले प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि योजनाबद्ध रूपमा काम गरिने बताउनुभयो । उहाँले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आफूले पहल गर्ने जानकारी गराउनुभयो ।

    स्थानीय जनप्रतिनिधि, नागरिकको चासो र खबरदारीअनुसार प्रदेश सरकार अस्पतालको स्तरोन्नति गर्न गम्भीर रहेको पनि यसमा सङ्घीय सरकारबाट पनि आवश्यक सहयोग जरूरी रहेको धारणा राख्नुभयो । “दमौली अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार गम्भीर छ तर हाम्रो एक्लो प्रयासले मात्र हुँदैन । सङ्घीय सरकारले यसका लागि निर्णय गर्नुपर्ने अवस्था छ”, हाल कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका थापाले भन्नुभयो, “प्रदेश सरकारले स्तरोन्नतिको निर्णय गरे पनि सङ्घले यसको दरबन्दी र आर्थिक स्रोत सुनिश्चित नगरेसम्म कार्यान्वयन नहुने भएकाले त्यसतर्फ सबैले ध्यानाकर्षण गराउन आवश्यक छ ।”

    प्रदेश सरकारले दमौली अस्पतालको सेवा विस्तारका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिनुभयो । स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताउनुभयो । उहाँले दमौली अस्पतालको मुख्य समस्या जग्गा प्राप्ति नहुनु रहेकाले यो समस्या समाधानका लागि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा डा कृष्णप्रसाद गौतम, पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न लाग्नुपर्ने बताउनुभयो । अस्पतालका प्रमुख डा परिवर्तन बरालले पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको जानकारी दिनुभयो । अस्पतालमा बढ्दो बिरामीको चापसँगै यसको स्तरोन्नति र सेवा विस्तार अति आवश्यक भइसकेको उहाँले बताउनुभयो ।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.