सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको राक्सिराङ स्थित एक घरमा आगलागी भएको छ। बिहिबार दिउँसरा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ झिल्किनेमा स्थानीय विर सिंहको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।
आगलागीबाट घर भित्र भएको अन्न,लत्ताकपडालगायतका २ लाख ५० हजारको बराबरको सामान जलेर नष्ट भएको बुझिएको छ।आगलागीको कारण थाहा हुननसकेको र आगो प्रहरी स्थानीयको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ।








