सांकेतिक तस्विर
मकवानपुर । बकैया गाउँपालिका वडा नम्वर–३ जलजलेस्थित ज्ञानज्योति आधारभूत विद्यालय परिसरमा एक जना युवकको शव फेला गरेको छ ।
स्थानीय ३५ बर्षीय दीपक वाइवाको शव घोप्टो परेको अवस्थामा सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
मृतक वाइवाको शव हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याइएको र पोष्टमार्टमको तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।
मृतक वाइवा छारे रोगबाट पीडित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ ।








