हेटौंडा। हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत तिनजना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा हेटौंडा-६ का ७४ बर्षीय एक पुरुष, हेटौडा-११ का ६० बर्षीय एक पुरुष र रौतहट चन्द्रपुर-१ का ४६ बर्षीय एक पुरुष गरी ३ जना पुुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ।उनीहरु सबै बैशाख २६ गते यता कोरोना पुष्टि भएका बिरामी रहेको र स्वासप्रस्वासमा समस्या भएपछि जेठ ५ र ६ गते हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो।








