हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत आज सोमबार हेटौंडा उपमहानगरको बसामाडी सहित केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
प्राधिकरणले एउटा सूचना जारी गर्दै युनिलिभर फिडर हेटौंडा उपमहानगरपालिकाको बसामाडी देखी सुनाचुरी मनहरी हुँदै राक्सिराङ्ग लगाएतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेभएको हो । प्राधिकरणले जारी गरेको सूचना अनुसार उक्त क्षेत्रहरुमा भएका केही विद्युत पोलहरु भाँचिने अवस्थामा रहेकोले विहान १० बजे देखी दिउँसो १ बजेसम्म आवस्यक मर्मत र पोल बदली गर्ने काम भएकोले विद्युति आपूर्ति बन्द हुनेभएको छ ।
प्राधिकरणले निर्धारित समय अगावै काम सम्पन्न भए तोकिएको समय भन्दा अगाडी नै विद्युत आपूर्ति हुने पनि जनाएको छ ।









