हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुने भन्दा निको हुने बढी रहेका छन् । बिहिबार जिल्लामा ९६ जनामा कोराना पुष्टि हुँदा १ सय ४ जनाले कोरोना जितेका छन् ।
आज २ सय १३ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप ९६ जनामा संक्रमण देखिएको हो । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ४८ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपलिका भित्रका १८ जना,थाहा नगरपािलका भित्रका ११ जना,भीमफेदी गाउँपालिका भित्रका ८ जना,कैलाश गाउँपालिका भित्रका ४ जना,बकैया र राक्सिाङ गाउँपालिका भित्रका ३/३ जना र बागमती गाउँपालिका भित्रका एक जना रहेका छन् ।
यो संगै मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ४४ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरि आज होमआइसोलेसनबाट ७४ जना र आइसोलेसनबाट ३० जना गरी थप १ सय ४ जनाले कोरोना जितेका छन् । आज कोरोना जित्नेहरुमा सबैभन्दा बढी ६२ जना हेटौंडा भित्रका रहेका छन् ।
यसैगरि कोरोना जित्नेमा मनहरीका १७ जना,थाहाका १५ जना,मकवानपुरगढीका ७ जना तथा बागमती,भीमफेदी र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ७ सय १९ जना पुगेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । मकवानपुरमा हालसम्म कोरोनाको कारण ९८ जनाको मृत्यु भएको छ । जिल्लामा आजको दिनमा २ हजार २ सय २१ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा २ हजार १ सय १५ जना घरमा र १ सय ६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।








