तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ भित्र रहेका अपाङ्ग व्यक्तिहरूलाई राष्ट्रिय एकीकृत विकास संस्थाको सहयोग र देवघाट गाउँपालिकाको समन्वयमा आज एक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापाद्वारा राहत वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापाले कार्यक्रममा बोल्दै राष्ट्रिय एकीकृत विकास संस्थाले देवघाटको पुन्यभुमी आइ अपाङ्ग व्यक्तिहरूलाइ राहत वितरण गर्नु भएकोमा खुशी व्यक्त गर्दै एक पुन्यकार्य रहेको बताउदै संस्थालाई धन्यवाद दिनुभयो।
साथै उपाध्यक्ष थापाले आगामी दिनहरुमा पनि यसै गरि हरेक संघ संस्था संग समन्वय गरि देवघाट गाउँपालिकाको बिकासको लागी अगाडी बढ्ने बताउनुभयो। सो कार्यक्रममा देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङले देवघाट गाउँपालिकाका वडा नम्बर ४ भित्रका अपांग ब्याक्तीहरुलाई राहत वितरणको लागि सहयोग पुर्याउने सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।
साथै ४ नम्बर वडा अध्यक्ष गुरुङले वडा बिकासको निम्तो आफु निरन्तर लागी परेको बताउनुभयो। देवघाट गाउँपालिका ४ नम्बर वडा भित्रका १२ जना अपाङ्ग व्यक्तिहरूले राहत प्राप्त गरेका थिए। चामल,दाल चिनि,नुन ,तेल ,साबुन गरि करिब २० हजार बराबरको राहत वितरण गरेको थियोे।








